साइबर अपराधको आरोपमा एक महिला पक्राउ, पीडित महिलाले ब्यूरोमा जाहेरी दिएपछि५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको
काठमाण्डौ।कैलालीको धनगढी उपमहानगरपालिका–१३ की कुमारी जानकी पक्राउ परेकी हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतको सहयोगमा उनलाई सुर्र्खतबाट पक्राउ गरी केन्द्रीय साइबर ब्यूरो ल्याइएको छ ।पक्राउ परेकी महिलाविरुद्ध साइबर अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको ब्यूरोका एसपी तथा प्रवक्ता दीपकराज अवस्थीले जानकारी दिए ।
उनले सामाजिक सञ्जालमार्फत एक महिलाको चरित्र हत्या गरेको आरोप छ । पीडित महिलाले ब्यूरोमा जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।