सुनको मूल्य आज २ हजार २ सय रुपायाँले घट्यो
काठमाण्डौ।स्थानीय बजारमा बिहीबार सुनको मूल्य आज तोलामा २ हजार २ सय रुपायाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला १ लाख ६२ हजार २ सय रुपायाँमा कारोबार भएको छापावाला सुन आजका लागि १ लाख ६० हजार निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा रुपायाँ ३५ ले घटेको छ । बुधबार प्रतितोला रुपायाँ १ हजार ९ सय ४० मा कारोबार भएको चाँदी आजका लागि भने रुपायाँ १ हजार ९ सय पाँच निर्धारण भएको महासङ्घले जनाएको छ ।