मदन भण्डारी कलेजमा स्व. चैतन्यप्रसाद शर्माको १३ औं पुण्यतिथीमा शोक सभा
काठमाण्डौ । शिक्षाविद् एवम् मदन भण्डारी मेमोरियल कलेजका पूर्व क्याम्पस प्रमुख चैतन्यप्रसाद शर्मा सापकोटाको १३ औं दिनको पुण्यतिथिमा आज कलेज परिसरमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।
मदन भण्डारी मेमोरियल कलेजका प्रमुख डा. बाबुराम अधिकारीले स्व. सापकोटाको निधनले विशेष गरी प्रगतिशील शैक्षिक आन्दोलनमा अपूरणीय क्षति पुगेको बताउनुभयो । शिक्षा र विद्यार्थीहरूप्रतिको उहाँको सर्मपनले समग्र समाजलाई सधैं मार्गदर्शन गर्ने विश्वास डा. अधिकारीले व्यक्त गर्नुभयो । स्व. सापकोटाको योगदानको कदरस्वरुप कलेजले छिट्टै मदन भण्डारी मेमोरियल कोष स्थापना गर्ने पनि प्रमुख डा. अधिकारीले बताउनुभयो ।
स्व. सापकोटाले आफ्नो कार्यकालमा शैक्षिक सुधार, पाठ्यक्रमको स्तरोन्नति, र गुणस्तरीय शिक्षाको पहुँच सुनिश्चित गर्नमा विशेष ध्यान दिनुभएको थियो । उहाँको मार्गदर्शनमा कलेजले शैक्षिक क्षेत्रका विविध पक्षमा महत्त्वपूर्ण सुधारहरू गर्न सकेको थियो, जसले विद्यार्थीहरूको शैक्षिक उन्नति र विकासमा सकारात्मक प्रभाव पारेको थियो ।
कार्यक्रममा कलेजका प्राध्यापक, कर्मचारी, विद्यार्थी, र शिक्षासेवीहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरे ।