गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ
काठमाण्डौ।गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई पक्राउ गरिएको छ। ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतबाट दोषी ठहर मनाङेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को टोलीले आज बिहान काठमाण्डौको सानो भर्याङ कम्फर्ट हाउजिङबाट पक्राउ गरेको हो।
केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाका अनुसार निजलाई आजै काठमाण्डौ जिल्ला अदालतमा उपस्थित गराइनेछ।
केही दिनअघि ज्यान मार्ने उद्योगको कसुरमा निजलाई सर्वोच्च अदालतले ५ वर्ष जेल सजाय सुनाएको थियो ।