राष्ट्रपति पौडेल र महासचिव गुटेरेसबीच भेट
राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच संक्षिप्त भेट भएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन कतारको दोहाबाट अजरबैजानको बाकु जानेक्रममा जहाजमा उहाँहरुबीच भेट भएको हो ।
भेटमा उहाँहरुबीच जलवायु परिवर्तनबाट उत्पन्न समस्याबारेमा संक्षिप्त कुरा भएको हो ।
जलवायु परिवर्तन सबैको साझा समस्या भएको , हिमाल, पृथ्वी र मानव समुदायको रक्षाका लागि यो समस्या समाधान गर्न सबैले जोड दिनुपर्ने उहाँले बातउनुभयो ।
महासचिव गुटेरेसले राष्ट्रपति पौडेल बस्नुभएको ठाउँमा आएर भेट्नुभएको थियो ।
आजबाट सुरु भएको कोप–२९ सममेलनमा भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल कतारको दोहा हुँदै त्यहाँ पुग्नुभएको हो ।