नेप्से आज २२ अङ्कले बढेर २७ सय ६० विन्दुमा

काठमाण्डौ।शेयर बजार आज पनि बढेको छ । हिजो साढे ६२ अङ्कले बढेर शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव १४ अङ्कले बढेर २ हजार ७ सय ६० दशमलव २१ विन्दुमा पुगेको छ ।

आज विकास बैंक, फाइनान्स, होटल, जलविद्युत् र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर बढेकोमा जीवन बीमा, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज सपोर्ट माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त, गुराँस लघुवित्त, मानुषी लघुवित्त, शृजनशील लघुवित्त र माछापुच्छ्रे बैंकको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन इस्टर्न हाइड्रोपावर कम्पनीको शेयरमा भने नकारात्मक सर्किट लागेको छ ।

आज कारोबार रकम झन्डै २ महिनायताकै उच्च भएको छ । गएको भदौ ३० गते १० अर्ब ३३ करोड रुपैयाँको शेयर कारोबार भएको थियो । आज ३  सय २ वटा कम्पनीका २ करोड ४५ लाख कित्ता शेयर ११ अर्ब ३१ करोड रुपैयाँमा कारोबार भएको छ ।