उपचारको लागि ब्रेन डेथ प्रकृयाको सुरुवात गर्ने : स्वास्थ्यमन्त्री पौडेल

काठमाण्डौ।स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले उपचारको लागि ब्रेन डेथ प्रकृयाको सुरुवात गर्ने योजना भइरहेको बताउनुभएको छ ।

सोमबार धरान उपमहानगरपालिकाको पार्टी कार्यालयमा कार्यकर्ताहरुसँगको भेटघाट कार्यक्रममा उहाँले ब्रेनडेथ भनेको मानिसको मृत्यु भएको २४ घण्टासम्म मानिसको आँखा मुटु, किट्नी, फोक्सो, कलेजो लगायत जीवित रहन्छ त्यसलाई निकालियो भने अर्कोमा प्रत्यारोपण गर्न मिल्छ त्यसैले गर्दा यसको लागी परिवारले स्विकृत दिएमा परिवारलाई २ लाख सरकारले दिने व्यवस्था गरेको बताउनुभयो ।

यसले मानिसहरुलाई नयाँ जीवन र अंग मिल्छ भनि गर्न कोशिस गरिरहेको मन्त्री पौडेलले बताउनुभयो । परिवारले अंग दिने भनी जुन अस्पतालले खबर गर्छ उक्त अस्पताललाई पनि ७५ हजार दिने व्यवस्था रहेको उहाँले बताउनुभयो । यसकालागी सुरुमा अंग सङ्कलन गर्ने र अंग चाहिनेले निवेदन दिने र पहिले निवेदन दिनेलाई सुरुमा अंग प्रत्यारोपण गर्ने उहाँले बताउनुभयो ।

यसैसँगै आफ्नो अंग दान गरी पुण्य गर्न चाहेमा सरकारलाई निवेदन दिएर आफ्नो अंग दान गर्ने पनि नियम बनाउन लागी परेको मन्त्री पौडेलले बताउनुभयो । आगामी दुई महिनामा डब्लुएचओबाट ३५ प्रकारको औंषधी ल्याई १४ वर्षको बालबालिकाहरुलाई निशुल्क दिने प्रकृया सुरु गर्ने उहाँले बताउनुभयो ।

यसैगरी मुटु रोगको उपचार र प्रत्यारोपणको प्रकृयाको ७ वटै प्रदेशमा गराउने उदेश्य रहेकोले लागी परेको मन्त्री पौडेलले बताउनुभयो । स्वास्थ्य स्वयंसेविकाहरुलाई जाँही जाँदा पनि भाडा नलिने व्यवस्था समेत बनाउदै गरेको उहाँले बताउनुभयो । त्यसको लागी स्वयंसेविकाहरुले ड्रेस लाउनुपर्ने हुन्छ। वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एमसीएचको सेवा फगुनबाट सुरु गर्ने र अर्कियोलोजी र कार्डियोलोजी शुरु हुने प्रकृयामा रहेको मन्त्री पौडेल बताउनुभयो ।

भेटघाट कार्यक्रममा धरान उपमहानगरपालिकाको निवर्तमान प्रमुख तिलक राई, नेपाली कांग्रेस धरानको सभापति श्याम पोख्रेल, सुनसरी क्षेत्र नं.१ को सभापति सुजेन्द्र तामाङ, कोशी महामन्त्री उमेश थापा धरान १६ को वडाध्यक्ष मुरारी प्रसाद भट्टराई लगायत पार्टीको सदस्यहरुको उपस्थिति रहेको थियो।