सुनको मुल्य आज १ हजार रुपैयाँले घट्यो
काठमाण्डौ।आज सुनको मुल्य १ हजार रुपैयाँले घटेको छ । सुनको मुल्य एक हजार रुपैयाँले घटेर तोलाको १ लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको मुल्य तोलाको १ लाख ६६ हजार रुपैयाँ रहेको थियो ।
यस्तै आज चाँदीको मुल्य पनि घटेको छ । चाँदी पाँच रुपैयाँले घटेर तोलाको १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।