सडक सुरक्षा परीक्षण नहुँदा दुर्घटना

काठमाण्डौ । पछिल्लो समय दिनहुँजसो हुने गरेको सडक दुर्घटनाका कारण ठुलो मानवीय क्षति हुने गरेको छ तर सडकको अवस्था के छ, सडक सुरक्षाका लागि चाहिने आवश्यक पूर्वाधार निर्माण र मापदण्ड पूरा हुन सकेको छरछैन भनेर सडक सुरक्षा परीक्षण ९रोड सेफ्टी अडिट० हुने गरेको छैन ।

सडक दुर्घटनामा वार्षिक तीन हजारभन्दा बढी नागरिकको अकालमा मृत्यु हुने गरेको तथ्याङ्क रहे पनि के कति कारणले सडक दुर्घटना हुने गरेको छ रु भनेर कुनै परीक्षण गरिँदैन । सडक दुर्घटना हुँदा स्थानीय स्तरमा समितिहरू गठन गरी विभिन्न जाँचबुझ गरिए पनि सडक सुरक्षा परीक्षण गरिँदैन ।

कुनै कुनै आर्थिक वर्षमा सरकारको नीति तथा कार्यक्रम वा बजेटमा समेत ‘रोड सेफ्टी अडिट’ समावेश गरिए पनि त्यसको कार्यान्वयन भएको देखिँदैन । सडक सुरक्षा परीक्षणका लागि मन्त्रालय स्तरमा वा सडक विभाग अन्तर्गत न कुनै शाखारमहाशाखा तोकिएको छ, न त कुनै व्यक्ति । यसका लागि कुनै ऐन कानुनमा पनि व्यवस्था गरिएको छैन ।

सडक विभागका सहसचिव तथा प्रवक्ता उमेशविन्दु श्रेष्ठले नेपालको राजमार्ग वा स्थानीय सडक कुनैमा पनि सडक सुरक्षा परीक्षण हुने नगरेको बताउनुभयो । उहाँले भन्नुभयो, “रोड सेफ्टी अडिट गर्नु पर्छ भन्ने अन्तर्राष्ट्रिय प्रावधान छ तर यहाँ गर्ने गरिएको छैन ।” उहाँले २०५१र५२ सालतिर ‘रोड सेफ्टी म्यानुअल’ निर्माण गरिए पनि कार्यान्वयनमा नरहेको जानकारी दिनुभयो ।

प्रवक्ता श्रेष्ठले भन्नुभयो, “सडक सुरक्षा परीक्षण गरियो भने नेपालको सडकको सन्दर्भमा त्यसले औँल्याएका कमीकमजोरी सुधार गर्न धेरै रकम चाहिन्छ । ‘रोड सेफ्टी’ का लागि देशभरिका सडकमा ठुलो रकम खर्च गर्नुपर्ने हुन्छ । सुरक्षित सडक, चुस्त सवारीसाधन, दक्ष चालक र सचेत यात्रु भएमा मात्र सडक सुरक्षा कायम गर्न सकिने उहाँको भनाइ छ ।

सेवा निवृत्त सहसचिव तथा सडक सुरक्षा विज्ञ राजेन्द्रराज शर्माले सुरक्षित यात्राका लागि ‘रोड सेफ्टी अडिट’ अनिवार्य प्रावधान रहे पनि नेपालको सन्दर्भमा नहुने गरेको बताउनुभयो ।

कुनै कुनै आर्थिक वर्षमा सरकारको नीति तथा कार्यक्रम वा बजेटमा समेत ‘रोड सेफ्टी अडिट’ समावेश गरिए पनि त्यसको कार्यान्वयन भएको देखिँदैन । सडक सुरक्षा परीक्षणका लागि मन्त्रालय स्तरमा वा सडक विभाग अन्तर्गत न कुनै शाखारमहाशाखा तोकिएको छ, न त कुनै व्यक्ति । यसका लागि कुनै ऐन कानुनमा पनि व्यवस्था गरिएको छैन ।