कालीकाेटमा जीप दुर्घटना : ६ जनाकाे ज्यान गयाे
कालीकाेट – कालीकोटको पलाँता गाउँपालिकामा जीप दुर्घटना हुँदा ६ जनाकाे ज्यान गएकाे छ ।
पलाँता गाउँपालिका–३ राडुनेटामा जीप दुर्घटना हुँदा ६ जनाकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय कालीकोटको जनाएको छ । यस्तै दुर्घटनामा घाइते भएका १३ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेत लगिएको कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताउनुभयो ।
आज दिउँसो पलाँता–५ खिनादेखि पलाँता–९ थिर्कुतर्फ गुडिरहेको क १ ज ५६ नम्बरकाे जीप साढे २ बजेतिर दुर्घटनामा परेको हो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।