हुम्लाको चंखेली गाउँपालिका दिउँसोको २ः ०० बजे नै बन्द
काठमाण्डौ । हुम्लाको चंखेली गाउँपालिकाको कार्यालय दिउँसो २ः बजे बन्द भएको छ । कार्यालय बन्द भएको यो पहिलो दिन होइन यो भन्दा अगाडी पनि बन्द भएको स्थानीयले बताएका छन् ।
कार्यालयमा कुनै कर्मचारी नभएपछि कार्यालय सहयोगीले कार्यालय बन्द हुने समय भन्दा अगाडी नै बन्द गदै आएको र टाढा टाढा बाट सेवा लिन आउँदा कार्यालय बन्द हुने भएकाले समस्या भएको स्थानीयले बताएका हुन् ।
गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाही उपाध्यक्ष प्रेमकला शाही लगायत समपूर्ण कर्मचारीहरू कार्यालयमा नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । ०८ कात्तिक