एमालेका महासचिव पोखरेललाई भ्रातृशोक

काठमाण्डौ।नेकपा एमालेका महासचिव शंकर पोखरेललाई भ्रातृशोक परेको छ। महासचिव पोखरेलका दाजु देवी पोखरेलको ७४ वर्षको उमेरमा शुक्रबार राति दाङमा निधन भएको हो।

नेकपा एमालेका केन्द्रीय सल्लाहकार समेत रहेका स्व.पोखरेलका श्रीमती,२ छोरा र १ छोरी छन्। उहाँ लामो समयदेखि मिर्गौलाको समस्याबाट पीडित रहेको परिवारले जानकारी दिएको छ ।

उहाँको अन्त्येष्टि शनिबार दिउँसो गरिने परिवारले जनाएको छ। पितातुल्य दाजुको निधनको शोकका कारणले यस बीचमा तय भएका कार्यक्रमहरुमा उपस्थिति हुन नसक्ने महासचिव पोखरेलले जानकारी दिनु भएको छ।