सुनको मुल्य २ हजार रुपैयाँले बढ्यो

काठमाण्डौ।हिजो एकैदिन ४ हजार रुपैयाँले घटेको सुनको मुल्य आज भने तोलामा २ हजार रुपैयाँले बढेको छ ।

सुन आज तोलामा २ हजार रुपैयाँले बढेर १ लाख ६६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन एकैदिन ४ हजार रुपैयाँले घटेर १ लाख ६४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी २० रुपैयाँले बढेर तोलाको १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको मुल्य तोलामा १ हजार ९ सय ६० रुपैयाँ रहेको थियो ।