प्रधानमन्त्री ओलीलाई ज्वरो आएपछि अत्यावश्यकबाहेकका भेटघाट स्थगित
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्वरो आएपछि उहाँले नियमित भेटघाट कार्यक्रम स्थगित गर्नुभएको छ ।
प्रधानमन्त्रीका सचिवालयका अनुसार सामान्य ज्वरो आएका कारण आज (मङ्गलबार) अत्यावश्यकबाहेक अन्य भेटघाट र कार्यक्रम प्रधानमन्त्रीले स्थगित गर्नुभएको हो। उहाँ अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुावटारमा आराम गरिरहनुभएको छ।
‘सामान्य ज्वरोका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले आज अत्यावश्यकबाहेक अन्य कुनै भेटघाट र कार्यक्रम राख्नुभएको छैन। उहाँ प्रधानमन्त्री निवास, बालुवाटारमा आराम गरिरहनुभएको छ।’ प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।