बौद्ध रामहिटीबाट २० जुवाडे पक्राउ
काठमाण्डौ।प्रहरीले काठमाण्डौ महानगरपालिका-६ बौद्धबाट २० जना जुवाडेलाई पक्राउ गरेको छ । रामहिटीस्थित रामबहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।
उनीहरुको साथबाट ६ लाख ६९ हजार आठसय १० रुपियाँ र खेलमा प्रयोग भएको ३ बुक तास र ६ बुक नखोलेको तास प्रहरीले बरामद गरेको जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाण्डौ र प्रहरी वृत्त बौद्धबाट खटिइएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको काठमाण्डौ प्रहरीका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । तिहार लागेसँगै प्रहरीले जुवाडेहरुलाई पक्राउ गर्ने क्रम बढेको छ ।