दाङमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको ज्यान गयो

दाङ।दाङमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । दुर्घटनामा परी ज्यान जानेमा मोटरसाइकल चालक राप्ती गाउँपालिका–५ कमलरोड बस्ने २२ वर्षीय प्रेम राना रहेको जिल्ला प्रहरी कार्यालय दाङका पवक्ता ईश्वर थापाले जानकारी जानकारी दिनुभयो ।

प्रहरीका अनुसार लमहीबाट गढवातर्फ जाँदै गरेको रा ७ प ४०७४ नम्बरको मोटरसाइकल आज बिहान अनियन्त्रित भएर पल्टिँदा दुर्घटना भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका रानालाई उपचारका लागि तत्काल लमही अस्पताल पुर्‍याइए पनि उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताउनुभएको छ ।