नेपालको जस्तो संस्कार र संस्कृति दुनियाँमा काहीँ नभएको :प्रधानमन्त्री ओली

काठमाण्डौ।प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृतिको आफ्नै मौलिक पहिचान रहेको बताउनुभएको छ।

नेपाल संवत् ११४५ प्रारम्भको अवसरमा शनिबार बिहान भक्तपुरमा नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाः को प्रतिमामा माल्यार्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपालमा आफ्नै संस्कार, संस्कृति र नृत्यहरू भएको बताउनुभयो। ‘यस्तो दुनियाँमा काहीँ पनि छैन, यहाँ मात्रै हो, देवतै पिच्छेका, देवता पनि ३३ कोटी रहेको ओलीले बातउनुभयो।

ओलीले ३३ कोटी देवताकै नाममा गीत र नृत्य भएका बताउनुभयो। यसले गीत, नाच, धुन र चाडपर्वमा विविधता ल्याएको उहाँले स्पष्ट पर्नुभयो । त्यसैले नेपाली संस्कार र संस्कृतिलाई जीवित राख्ने मात्र नभएर फैलाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।

यसलाई फैलाउन सरकारको तर्फबाट पनि प्रयास भइरहेको उहाँले बताउनुभयो। नेवारी भाषामा सरकारी सञ्चारमाध्यमबाट समाचार प्रसारण लगायतका काम हुने त्यसकै उदाहरण भएको ओलीले स्पष्ट पार्नुभयो। नेपाली भाषा संस्कार र संस्कृतिलाई जोगाउने कुरामा आफू साथमा रहेको उहाँले बताउनुभयो ।