जापानमा साइकल चलाउँदा मोबाइल प्रयोग गर्नेलाई ६ महिना जेल सजाय हुने
जापानमा साइकल चलाउँदा मोबाइल प्रयोग गर्न निषेध गरिएको छ । यो नियम शुक्रबारदेखि लागु भएको हो ।साइकल चलाउँदा मोबाइल प्रयोग गरेको पाइएमा अधिकतम ६ महिना जेल सजाय हुने प्रावधान जापानले लागु गरेको हो । जापानको संशोधित सडक कानुन अनुसार साइकल चलाएको अवस्थामा मोबाइल प्रयोग गरेको पाइएमा अधिकतम ६ महिना जेल वा १ लाख येन (जापानी मुद्रा) जरिवाना हुने छ ।
जापानी सञ्चारमाध्यमका अनुसार कोभिड महामारीका क्रममा जापानमा सार्वजनिक सवारी साधन प्रयोगकर्ताको संख्या घट्नुका साथै साइकल प्रयोगकर्ता बढेका थिए । पछिल्लो समय जापानमा साइकल चालकसँग सम्बन्धित दुर्घटना बढेका कारण पनि नयाँ नियम बनाइएको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।
संशोधित कानुन अनुसार मदिरा सेवन गरेर साइकल चलाएको पाइएमा तीन वर्षसम्म जेल र ५ लाख येन जरिवाना हुने छ ।