डिजेल र मट्टितेलको १ रुपैयाँले मूल्य घट्यो

काठमाण्डौ।डिजेल र मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी प्रतिलिटर १ रुपैयाँले मूल्य घटाएको हो ।

यस अनुसार काठमाण्डौ, पोखरा र दिपायलमा यी २ पदार्थको मूल्य १५० रुपैयाँ कायम भएको छ । त्यस्तै, सुर्खेत र दाङमा १४९ रुपैयाँ र बाँकी क्षेत्रमा १४७।५० रुपैयाँ कायम भएको छ ।

यसपटक निगमले पेट्रोलको मूल्यमा भने कुनै परिवर्तन गरेन । निगमले हरेक १५ तारिख र महिनाको अन्तिम दिन मूल्य समायोजन गर्दै आएको छ ।