छहरेमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार १ जनाको ज्यान मुत्यु

काठमाण्डौ।नुवाकोटको लिखु गाउँपालिका-६ छहरेमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार १ जनाको ज्यान गएको छ । १ जना घाइते भएका छन् ।

टोखा–छहरे सडकमा गएराति भएको दुर्घटनामा तादी गाउँपालिका-३ का ३५ वर्षीय विनोद चौलागाईँको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख शान्तिराज कोइरालाले बताउनुभयो । उहाँका अनुसार दुर्घटनामा तादी-३ का राजाराम श्रेष्ठ घाइते भएको र ग्रिनसिटी अस्पताल काठमाण्डौमा उपचार भइरहेको छ ।