पटका बिक्रि गर्दै हुनुहुन्छर, तीन वर्षसम्म जेल बस्नु पर्छ

काठमाण्डौ । तिहारमा पटकाजन्य पदार्थको बिक्रि वितरण नगर्नु होला । पटकाजन्य पदार्थ ओसारपसार तथा प्रयोग गरे जेलको बास हुन सक्नेछ। कानुन अनुसार यस्तो गतिविधिमा संलग्न भए तीन वर्षसम्म कैद तथा ३० हजार रुपियाँसम्म जरिवाना हुन सक्छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले नेपालको मुलुकी अपराध संहिता, २०७४ बमोजिम सो कारबाहीको व्यवस्था रहेको जानकारी दिनुभयो ।

पटकाजन्य पदार्थको प्रयोगले वातावरणीय प्रदूषणका साथसाथै दुर्घटना पनि निम्त्याउने भएकोले यस्ता पदार्थको अवैध आयात, ओसारपसार, भण्डारण र बिक्रीवितरण गर्ने जोसुकैलाई पनि कारबाही हुने कानूनमा उल्लेख छ।

गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता ऋषिराम तिवारीले पटकाजन्य पदार्थको अवैधरुपमा हुने ओसारपसार नियन्त्रणका लागि सीमानाका तथा राजमार्गहरुमा चेकजाँच भइरहेको बतानुभयो । चेकजाँच गर्दा यदि त्यस्ता बस्तु फेला पर्यो भने बरामद गर्ने र कानुनी कारबाही हुने तिवारीले जानकारी दिनुभयो ।