फेरि फाइनल मै हार्यो नेपाल

काठमाडौं । बंगलादेशले साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ ।

बुधबार दशरथ रंगशालामा नेपाललाई २–१ गोल अन्तरले हराउँदै बंगलादेशले उपाधि रक्षा गरेको हो ।

नेपालले अघिल्लो संस्करणमा हारेको बदला लिन यसपटक समेत असफल रह्यो । नेपाल यसपटक समेत साफ च्याम्पियनसिपको उपविजेतामै सिमित बनेको छ ।

प्राविधिक रुपमा उच्च बंगलादेशले नेपाललाई हराउँदै साफमा आफ्नो दबदबालाई कायमै राख्न सफल भएको छ ।