सुनको मुल्य आज एकैदिनमा १ हजार ५ सय रुपैयाँले बढेयो

काठमाण्डौ।आज धनतेरसको दिन सुनको मुल्यले नयाँ कीर्तिमान बनाएको छ । आज सुन एकैदिन १ हजार ५ सय रुपैयाँले बढेर तोलाको १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यो मुल्य अहिलेसम्मकै उच्च हो । यसअघि अस्ति गएको आइतबार सुन तोलाको १ लाख ६७ हजार ४ सय रुपैयाँ पुगेको थियो ।

यस्तै आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी ४० रुपैयाँले बढेर तोलाको २ हजार १ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । विशेषगरी तिहारको धनतेरसका दिन सुनचाँदीलगायत अन्य धातुको सामग्रीको किन्ने चलन रहेको छ ।