सांसदद्वारा रवि लामिछानेलाई थुनामुक्त गरेर अनुसन्धान प्रक्रिया अघि बढाउन अनुरोध
काठमाण्डौ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले पार्टी सभापति रवि लामिछानेलाई थुनामुक्त गरेर अनुसन्धान प्रक्रिया अघि बढाउन अनुरोध गरेका छन् ।
प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा रास्वपाका सांसद डा। चन्दा कार्कीले रवि लामिछाने भागेर कतै नजाने भएकाले थुनामै राखेर राजनीतिक प्रतिशोध नसाँध्न गृहमन्त्री रमेश लेखकसँग आग्रह गर्नुभएको हो । लामिछानेले आफ्नो बयान र प्रमाण संसदीय समितिमा पेश गरिसकेको अवस्था रहेको र उहाँले प्रमाण नष्ट गर्ने सम्भावना पनि नरहेकाले थुनामा राख्न जरुरी नभएको कार्कीको भनाइ छ ।
उहाँलाई थुनामुक्त गरेर अनुसन्धान गर्न अनुरोध गर्न चाहेको रास्वपाकी सांसद कार्कीले बातउनुभयो । १२ लाख मत ल्याएको र देशकै चौथो ठूलो दलको सभापतिलाई पक्राउ गरेर थुनामा राख्दा नागरिकको आन्दोलन हुनु स्वाभाविक भएको भन्दै उहाँले यसलाई न्यायालयलाई प्रभावित पार्ने कोशिशका रूपमा नलिन आग्रह गर्नुभएको छ ।