एनआरएनएलाई सरकारले हस्तक्षेप नगर्ने : प्रधानमन्त्री ओली

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले एनआएनए विवादमा सरकारले हस्तक्षेप नगर्ने बताउनु भएको छ।

गैह्रआवासीय नेपाल सङ्घ(एआरएन) द्वारा आज आयोजत गैह्रआवासीय नेपाली दिवस र वार्षिक साधारणभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एनआरएनएमा हस्तक्षेप नगर्ने बरु सहयोग गर्ने बताउनु भएको हो।

कुनै प्रकारको हस्तक्षेप नगर्ने सकेको सहयोग पुर्‍याउँने ‘सथै एकताबद्ध भएर चल्नुस्, के गर्नुपर्छ हामी गर्छौ ।’

उहाँले संविधानमै गैरआवासीय नेपालीहरूको नागरिकताका लागि व्यवस्था गरिएको भन्दै त्यो व्यवस्था कार्यान्वयन गर्न सरकार तयार रहेको बताउनु भयो।