मदन भण्डारी बौद्धिक मञ्च नेपालद्वारा बौद्धिक अभियान अंक दुई पुस्तक विमोचन

काठमाण्डौ । मदन भण्डारी बौद्धिक मञ्च नेपालले आज विशेष कार्यक्रमका बिच बौद्धिक अभियान अंक दुई पुस्तक विमोचन गरेको छ ।

मदन भण्डारी फाउण्डेशनका अध्यक्ष महेन्द्र बहादुर पाण्डेको प्रमुख आतिथ्यतामा शङ्खधर शाख्वा र नेपाल संवत् विषयक अन्तरक्रिया तथा बौद्धिक अभियान अंक दुई विमोचन कार्यक्रम समापन भएको हो ।

पुस्तक प्रमुख अतिथि मदन भण्डारी फाउण्डेशनका अध्यक्ष महेन्द्र बहादुर पाण्डे, मदन भण्डारी बौद्धिक मञ्च नेपालका अध्यक्ष कुल बहमदुर आचार्य, उपाध्यक्ष डा. बाबुराम अधिकारी तथा नेपाल भाषा मनखा ख्वलका पुर्व महासचिव नरेश विर शाक्यले सम्युक्त रुपमा गर्नु भएको हो ।

कार्यक्रममा पुस्तकमा लेख लेख्नुहुने सबै लेखकलाई सम्मान गरिएको थियो । कार्यक्रममा पुस्तकका बारेमा जानकारी र स्वागत मन्तव्य मदन भण्डारी बौद्धिक मञ्च नेपालका उपाध्यक्ष डा. बाबुराम अधिकारीले राख्नु भएको थियो ।

कार्यक्रममा प्रमुख बक्ता नरेश विर शाक्यले शङ्खधर शाख्वा र नेपाल संवत् विषयमा धारण राख्नु भएको थियो । कार्यक्रम मदन भण्डारी बौद्धिक मञ्च नेपालका सचिव पुण्य प्रसाद ढकालले ले सञ्चालन गर्नु भएको थियो ।