गोर्खा ग्रुप अफ कम्पनीका शेयरधनी खनाल पक्राउ
काठमाण्डौ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सूर्यदर्शन बचत तथा ऋण सहकारी रकम ठगीमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–३ पानीपोखरीबाट एक जनालाई शुक्रबार पक्राउ गरेको सिआइबी प्रवक्ता एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेमा तनहुँ भानु नगरपालिका–८ बगालेफाँटका ४८ वर्षीय रामबहादुर खनाल छन् । उनी नेचर हर्ब्स इन्टरनेशनल प्रालि र गोर्खा ग्रुप अफ कम्पनी लिमिटेडका संचालन एवं शेयरधनी रहेको एसपी बोगटीले बताए । खनाललाई सूर्यदर्शन सहकारीको अनुसन्धानका लागि पक्राउ गरिएको हो। खनाललाई जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइसकेको एसपी बोगटीले बताए ।