आज विश्व पोलियो दिवस
काठमाण्डौ।आज नेपालसहित विश्वभर पोलियो उन्मुलनप्रति सचेतना जगाउने कार्यक्रमहरु गरी विश्व पोलियो दिवस मनाइँदै छ । यस वर्ष दिवसको नारा ‘पोलियो अन्त्य गरौँ’ भन्ने रहेको छ ।
अक्टोबर २४ का दिन संसारभर विश्व पोलियो दिवस मनाउने गरिन्छ । यस दिन पोलियो उन्मुलनका लागि सचेतना जगाउने काम गरिन्छ । पोलियो उन्मुलनका लागि वर्ष २०२४ लाई १ विशेष वर्षका रुपमा लिएको छ । विश्वको कुनै १ देशमा पनि पोलियो देखा पर्नुको भनेको सबै देशहरु पोलियोको खतरामा हुनु हो ।
पोलियो विरुद्धको खोपका कारण पाकिस्तान र अफगानिस्तान बाहेक विश्वका अन्य देशमा वाइल्ड पोलियो भाइरसको संक्रमण रोकिएको छ । यद्यपि खोप दर न्यून भएका केही क्षेत्रमा यदाकदा पोलियोका भेरिएन्टहरु भने देखिने गरेका छन् ।
गत जेठमा टुकुचा खोला र वागमती नदीको सङ्गम स्थल टेकुमा पोलियो जिवाणु भेटिएपछि काठमाण्डौ उपत्यकाका तीन जिल्लामा ५ वर्ष मुनिका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइएको थियो ।