आज सुनको मूल्य ७ सय रुपैयाँले घट्यो

काठमाण्डौ । केही दिनदेखि लगातार बढेको सुनको मूल्य  तोलामा सात सय रुपैयाँले घटेको छ ।

हिजो नयाँ कीर्तिमान बनाएर अहिलेसम्मकै उच्च तोलाको १ लाख ६६ हजार सात सय रुपैयाँ पुगेको सुनको मूल्य आज ७ सय रुपैयाँले घटेर तोलाको १ लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ४० रुपैयाँले घटेर तोलाको २ हजार ९५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार १ सय सय ३५ रुपैयाँ रहेको थियो ।