लुम्बिनी प्रदेशको नवनियुक्त तीनैजना मन्त्रीहरूको शपथग्रहण
काठमाण्डौ।लुम्बिनी प्रदेश सरकारमा थपिएका मन्त्रीले शपथ ग्रहण गर्ने भएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाली कांग्रेसबाट २ र जनता समाजवादी पार्टीबाट एकजना मन्त्रीलाई बुधवार आफ्नो क्याबिनेटमा थपेका हुन्।
कांग्रेसबाट जन्मजय तिमिल्सिना र देवकरण कलवार तथा अशोक राई नेतृत्वको जसपाबाट आदेश कुमार अग्रवाललाई उहाँले मन्त्री नियुक्त गर्नु भएको हो। थपिएका तीनैजना मन्त्रीको शपथ आज हुँदैछ। उहाँहरूलाई प्रदेश प्रमुख कृष्ण घर्तीले शपथ ग्रहण गराउर्नु हुने छ।
लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्री सहित एमालेका पाँच, कांग्रेसका पाँच र जसपाका एक जनागरी मन्त्रीको संख्या ११ पुगेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले बुधवार प्रदेश मन्त्रिपरिषद् पुनर्गठनको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्नु भएको थियो।