बीपी राजमार्ग सडक खण्डमा २४ सै घण्टा गाडी चलाउन मिल्ने
काठमाण्डौ।बीपी राजमार्गको धुलिखेलदेखि भकुण्डेबेँसी सडकमा चौबीसै घण्टा गाडी चलाउन मिल्ने भएको छ । सडक डिभिजन कार्यालय भक्तपुरले हिजो सूचना निकालेर धुलिखेल-भकुण्डेबेँसी सडक खण्डमा २४ सै घण्टा गाडी चलाउन मिल्ने जनाएको हो ।
असोज दोस्रो हप्ताको अविरल वर्षापछिको बाढीपहिरो कारण क्षति भएको बीपी राजमार्गअन्तर्गको धुलिखेल-भकुण्डेबेँसी–बर्खेखोला सडक खण्डमा बेलुकी ६ बजेदेखि बिहान ४ बजेसम्म गाडी सञ्चालनमा रोक लगाइएको थियो ।
सडक डिभिजन कार्यालयले सुक्खा पहिरो खस्न सक्ने तथा काभ्रेपलाञ्चोकको नमोबुद्धको १ नम्बरपुल–चौकीडाँडा–बर्खेखोला खण्डको करिब आठ किलोमिटर सडक ट्रयाक मर्मत–सुधार गरी यात्रा सुरक्षित बनाउनुपर्ने जनाउँदै असोज ३० गतेदेखि सडक खण्ड रातको समयमा बन्द गरेको हो ।