साफ महिला च्याम्पियनसिपमा बङ्गलादेश र भारत भिड्दै

काठमाण्डौ। साफ महिला च्याम्पियनसिपमा आज साँझ सर्वाधिक सफल टोली भारत र साविक विजेता बङ्गलादेशबिच प्रतिस्पर्धा हुँदैछ ।

समूह समूह ‘ए’ अन्तर्गत सेमिफाइनलमा स्थान बनाइसकेको भारतलाई साँझ ५:३० बजे सुरु हुने खेलमा जित वा बराबरीले पनि समूह विजेता बन्नेछ । यता पहिलो खेलमा पाकिस्तानसँग १-१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको बङ्गलादेशलाई अगाडि बढ्न जित्नैपर्ने बाध्यता रहेको छ ।

भारतले पहिलो खेलमा पाकिस्तानलाई ५-२ गोलले पराजित गरेको थियो । यदि बङ्गलादेशले भारतसँग कम्तीमा ३ गोल अन्तरको हार खेपेमा पाकिस्तानको समेत सेमिफाइनलको ढोका खुल्नेछ । त्यसैले यी २ को भिडन्तमा पाकिस्तान बङ्गलादेशले भारतसँग फराकिलो हार खेपेको देख्न चाहन्छ ।