नेपाल अमेरिकासँग ४ विकेटले पराजित

काठमाण्डौ।अमेरिकाको ‘ए’ टोलीसँगको एकदिवसीय अभ्यास खेलमा नेपाल ४ विकेटले पराजित भएको छ ।

नेपालले दिएको ८२ रनको सामान्य लक्ष्य अमेरिका ‘ए’ ले २३ ओभर १ बलमा ६ विकेट गुमाएर भेटाएको थियो।अमेरिका ‘ए’ का नितेश रेड्डीले २९ रन बनाएका थियो । नेपालका सन्दीप लामिछानेले ४ तथा रिजन ढकाल र ललित राजवंशीले समान १ विकेट लिएका थिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपाल २५ ओभर ३ बलमा ८० रनमा अलआउट भयो । नेपालका कुशल मल्लले १८, देव खनालले १२, भीम सार्कीले १० रन बनाए । यस्तै अनिलकुमार साह शून्य रनमा आउट हुँदा अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाएन सकेनन् । सबैभन्दा धेरै १८ रन बना थियो । अमेरिका ‘ए’ का आरिन नदकर्नीले ४ विकेट लिएको थियो।

अमेरिकामा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग-टु अगाडि नेपाल र अमेरिका ‘ए’ बीच अभ्यास खेल भएको हो । अमेरिकामा पर्सि शुक्रवारदेखि कात्तिक १९ गतेसम्म विश्वकप क्रिके लिग–२ अन्तर्गत घरेलु टोली अमेरिका, नेपाल र स्कटल्यान्डबीच त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला हुँदैछ ।

यसअघि अमेरिकासँगको तीन खेलको टी-२० शृङ्खला नेपालले क्लिन स्वीप गरेको थियो ।