साफ महिला च्याम्पियनशिपमा बङ्गलादेश र पाकिस्तानबीच बराबरी
काठमाण्डौ।साफ महिला च्याम्पियनशिप फुटबलमा साविक विजेता बङ्गलादेश र पाकिस्तानबीचको खेल बराबरीमा सकिएको छ ।
हिजो बेलुका त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको समूह एु को खेलमा बङ्गलादेश र पाकिस्तानले १-१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । पाकिस्तानका लागि खेलको ३२ औं मिनेटमा जाहमेना मालिकले गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् । तर दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा बङ्गलादेशका लागि सम्सुनाहर जुनियरले गोल गरिन् ।
समूह एु मा भारत १ खेलमा ३ अङ्कसहित शीर्ष स्थानमा छ । बङ्गलादेश १ खेलमा १ अङ्कसहित दोस्रो र पाकिस्तान २ खेलमा १ अङ्कसहित पुछारमा छ ।