शेयर बजारमा आज ४७ अङ्कको गिरावट
काठमाण्डौ । शेयर बजार परिसूचक नेप्से आज (आइतबार) ४७ अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४७ दशमलव ४४ अङ्कले घटेर दुई हजार छ सय ९७ दशमलव ९१ विन्दुमा झरेको छ ।
आज १८ वटा कम्पनीको मूल्य बढ्दा दुई सय २६ वटाको घटेको छ । आज सबैजसो उपसमूहको सूचक घटेको हो । सबैभन्दा धेरै फाइनान्स उपसमूहको सूचक चार प्रतिशतले घटेको छ ।
गएको बिहीबार सात अर्ब १९ करोड बराबरको कारोबार भएकोमा आज कारोबार रकम भने बढेको छ । आज कुल दुई करोड आठ लाख ६८ हजार कित्ता शेयर खरिदबिक्री हुँदा आठ अर्ब १८ करोड दुई लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।