वैदेशिक रोजगार बोर्डको सफ्टवेयरमा समस्या समाधान,सेवा प्रवाह सुरु
काठमाण्डौ। वैदेशिक रोजगार बोर्डको सफ्टवेयरमा देखिएको समस्याको समाधान भएको छ । अस्ति शुक्रवारदेखि सफ्टवेयरमा समस्या आएको र आज समस्या समाधान भइ सेवा प्रवाह सुरु भएको बोर्डका प्रवक्ता टीकाराम ढकालले जानकारी दिनुभयो ।
सफ्टवेयरमा समस्या आएपछि वैदेशिक रोजगारीमा गएर ज्यान गुमाएका तथा अङ्गभङ्ग भएका कामदार र उनीहरुका परिवारलाई प्रदान गरिने आर्थिक सहायता वितरणलगायतको काम रोकिएको थियो । सफ्टवेयरमा समस्या देखिएर सेवा केही प्रभावित भए पनि इमेल तथा भौतिक रूपमा उपस्थित भइ दिएको निवेदन भने सङ्कलन निरन्तर रुपमा भइरहेको उहाँले बातउनुभयो ।