गाजामा रहेका इजरायली बन्धकलाई रिहा गर्न अलकायदा प्रमुखका सल्लाहकारको आग्रह

अलकायदाका सम्भावित वर्तमान नेताका सल्लाहकारले गाजामा बन्धक बनाइएका इजरायली बन्धकलाई रिहा गर्न हमाससँग आग्रह गरेको अमेरिकी जिहादी निगरानी संस्था (साइट) ले जनाएको छ।

 इजरायली बन्धकहरूलाई जीवित र मृत अवस्थामा फर्काउनेतर्फ दिइएको ध्यानका कारण इजरायलले कब्जामा राखेका प्यालेस्टिनी कैदीहरूको भाग्यलाई ओझेलमा पारिरहेको हमिदले दाबी गर्नुभएको छ ।

उहाँले इजरायलले बिहीबार नै मारेको घोषणा गरेका हमासका नेता याह्या सिनवारको प्रशंसा गर्नुभयो । सन् २०२३ को अक्टोबर ७ मा इजरायलविरूद्ध गरिएको आक्रमणका मुख्य योजनाकार सिनवार थिए ।

हमासले सन् २०२३ को अक्टोबर ७ मा गरेको आक्रमणमा २५१ जनालाई बन्धक बनाएको थियो । त्यसयता कैयौँको मृत्यु भइसकेको छ भने केहीलाई डिसेम्बरको युद्धविराममा रिहा गरिएको छ भने ९७ जना अझै पनि इस्लामिक प्यालेस्टिनी लडाकू समूहको नियन्त्रणमा जीवित नै रहेको विश्वास गरिएको छ ।

सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको आक्रमणका लागि जिम्मेवार ठहरिएको अलकायदा अफगानिस्तानमा अमेरिकी नेतृत्वमा भएको आक्रमणको निशानामा परेको थियो ।

सन् २०११ मा ओसामा बिन लादेनलाई अमेरिकी विशेष फौजले छिमेकी मुलुक पाकिस्तानमा मारेको थियो । बिन लादेनका उत्तराधिकारी अयमान अल जवाहिरी सन् २०२२ को जुलाईमा अमेरिकी ड्रोन आक्रमणमा मारिएका थिए ।

नेताहरूको आक्रमणमा मृत्यु भएपनि अल–कायदाको इस्लामिक देशहरूमा छिटफुट प्रभाव छ । पूर्व इजिप्टियाली विशेष बलका लेफ्टिनेन्ट-कर्नेल रहेका नेता सैफ अल-अदेल इरानमा रहेको रिपोर्ट गरिएको छ ।

एएफपीसँग परामर्श लिएका केही विज्ञका अनुसार हमिद अल-कायदाको मुख्य संगठनका उच्च पदस्थ व्यक्तिहरूसँग नजिक छन् ।

सिरिया, यमन, सोमालिया र मालीमा क्षेत्रीय सहयोगीहरू खडा गरेको यस समूहको इरानसमर्थित हमासमाथि खासै प्रभाव छैन ।
हमासले शुक्रबार गाजा युद्धको अन्त्यमा कुनै पनि बन्धकलाई रिहा नगर्ने प्रतिबद्धता जनाएको छ ।

विश्लेषकहरूका अनुसार सिनवारको कुनै उत्तराधिकारी तत्काल घोषणा नभएको र हमासको नेतृत्वमा शून्यता रहेकाले उनीहरूको रिहाईका लागि वार्ता गर्न कोही भेट्टाउन कठिन हुनेछ ।

रासस/एएफपी