साफ महिला च्याम्पियनशिप: नेपाल र भुटानबीच गोलरहित बराबरी

काठमाण्डौ । साफ महिला च्याम्पियनशिप फुटबल अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको छ ।

साफ च्याम्पियनशिपकै इतिहासमा पहिलो बराबरी खेलेको नेपालले साफको ६ संस्करणमा समूह चरणको सबै खेलमा कम्तीमा १ गोल गरेको थियो । दशरथ रङ्गशालामा हिजो भएको खेलमा नेपालले धेरै प्रयासका बाबजुद पनि गोल गर्न सकेन ।

समूह “बी” अन्तर्गत हिजो नै भएको पहिलो खेलमा श्रीलङ्काले माल्दिभ्सलाई १–० ले हराएको छ । श्रीलङ्का ३ अङ्कका साथ समूहको शीर्षस्थानमा छ । नेपाल र भुटान १र१ अङ्कसहित दोस्रो र तेस्रो स्थान तथा माल्दिभ्स अङ्कविहीन हुँदै पुछारमा छ ।

प्रतियोगिताअन्तर्गत भोलि आइतबार बेलुका साढे ५ बजे समूह “ए” का बङ्गलादेश र पाकिस्तान खेल्नेछन् ।