सन्दीपलाई अमेरिकाले भिसा दियो
काठमाण्डौ। अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिएको छ । क्रिकेट वर्ल्डकप लिग टू सिरिजका लागि उनी आजै बेलुका अमेरिका प्रस्थान गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
लिग टूको क्यानडा सिरिज खेलेर अरु खेलाडी अमेरिका गएकोमा भिसा नपाएका कारण सन्दीप भने क्यानडाबाट नेपाल आएका थिए । भिसा पाएसँगै उनी आजै बेलुकी अमेरिका प्रस्थान गर्ने क्यानले जनाएको छ ।
लिग टू अन्तरगत अमेरिका, स्कटल्याण्ड र नेपालको सिरिज अक्टोबर २५ देखि सुरु हुँदैछ । नेपालले २७ अक्टोबरमा घरेलु टोली अमेरिकासँग खेल्ने तालिका रहेको छ ।
नेपाली टोलीका अरु सदस्य अमेरिकामै छन् । नेपाली टोलीले अमेरिकासँग टी–२० सिरिज खेलिरहेको छ । आजको खेलमा नेपालले अमेरीकालाई १७ रनले पराजित गरेको छ । नेपालले टि २० सिरिजको दोश्रो खेल आईतबार र तेश्रो तथा अन्तिम खेल सोमबार खेल्दैछ ।