चितवनमा भयो रगतको कमी
चितवनमा रगतको कमी भएको छ। चाडपर्वका कारण रक्तदान कार्यक्रम कम हुँदा रगतको कमी भएको हो । नेपाल रेडक्रस सोसाइटीले रगत कमी भएकाले रक्तदान गर्न दाताहरूलाई आग्रह गर्नुभएको छ ।
सोसाइटी चिवन शाखाका सभापति हरिप्रसाद पौडेलको अनुसार दैनिक दुई सय युनिट रगतको माग हुने गरेको भए पनि अहिले रगत प्रशस्त मात्रामा उपलब्ध हुन नसकेको बताउनुभयो ।
चितवनमा रगत कमी हुन नदिन कास्की, नवलपरासी, मकवानपुर, बारा, पर्सा, रौतहट सर्लाहीलगायत जिल्लाबाट रगत ल्याउने गरिएको भए पनि ती जिल्लामा समेत रगतको अभाव भएको उहाँले बताउनुभयो । रगत अभावका कारण नियमित शल्यक्रियामा समेत समस्या हुने गरेको छ ।