साफ महिला च्याम्पियनशिप आजदेखि, उद्घाटन खेलमा भारत र पाकिस्तान खेल्दै
काठमाण्डौ । आजदेखि साफ महिला च्याम्पियनशिप सुरु हुँदैछ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे हुने उद्घाटन खेलमा आज भारत र पाकिस्तान खेल्दैछन् । नेपालले भने भोलि (बिहीबार) भुटानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
कात्तिक १४ गतेसम्म चल्ने प्रतियोगितामा आयोजक नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश गरी सात वटा देशले प्रतिस्पर्धा गर्नेछन् ।
साफ महिला च्याम्पियनशिपमा भारतले सर्वाधीक पाँच पटक उपाधि जितेको छ भने बङ्गलादेशले एक पटक उपाधि जितेको छ । नेपाल अहिलेसम्म पाँच पटक साफ महिला च्याम्पियनशिपको फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन ।