शिलदेवी मेलाको तयारी पूरा

काठमाण्डौ।बझाङको बहुचर्चित शिलदेवीको मेला व्यवस्थापनको कार्य अन्तिम चरणमा पुगेको छ । बझाङ उधोग बाणिज्य संघले आज चैनपुरमा पत्रकार सम्मेलन गरी तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।

कार्तिक १ गते सदरमुकाम चैनपुरमा उदघाटन गरिने र २ गते बिहानदेखि पूर्व निर्धारित खेलकुद तथा देउडा प्रतियोगिता चैनपुरको केन्द्र ठूला गड्डामा आयोजना गरिने जनाइएको छ ।मेला आयोजना हुने स्थान, सुरक्षा व्यवस्था, प्रायोजक–सहप्रायोजक लगायत सम्पुर्ण तयारी पूरा भएको मेला आयोजकले जनाएका छन् ।

यस वर्ष पनि अन्तरपालिका स्तरीय पुरुष तथा महिला भलिवल प्रतियोगिता, अन्तरपालिका स्तरिय पुरुष तथा महिला देउडा प्रतियोगिता तथा स्थानीय उत्पादनको कृषि मेला प्रदर्शनी आयोजना गरिने छ । प्रतियोगितामा जिल्लाभित्र तथा बाहिरका टिमहरु पनि सहभागी हुन पाउने भएका छन् ।

हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन शिलदेवीको मेला लाग्ने गरेको छ ।