चितवन राष्ट्रिय निकुञ्जमा साउनयता ६ वटा गैँडा मृत भेटिए

काठमाण्डौ । चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनामा ६ वटा गैँडा मृत भेटिएका छन् । साउन महिनायता ६ वटा गैँडा मृत भेटिएका हुन् । एउटा गैँडा करेन्ट लगाएर मारिएको हो भने दुई गैँडा अन्य कारणले मरेका हुन् ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गएको आर्थिक वर्ष २०८०/८१ मा २१ वटा गैँडा मरेका थिए । जसमध्ये १८ गैँडा प्राकृतिक कारणले, दुई चोरी शिकारीले तथा एउटा गैँडा मृत्युको कारण खुल्न नसकेको उहाँले बताउनुभयो ।

पछिल्लो गणनाअनुसार नेपालमा एकसिङ्गे गैँडाको सङ्ख्या सात सय ५२ रहेको छ । चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६ सय ९४ वटा गैँडा रहेका छन् ।