यू–१९ महिला टी–२० विश्वकप छनोट : बन्द प्रशिक्षणमा १८ खेलाडी बोलाइए

काठमाण्डौ । १९ वर्ष मुनीको वुमन्स टी–२० वर्ल्ड कप एशिया क्वालिफायरको तयारीका लागि १८ क्रिकेट खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले प्रवक्ता छुम्बी लामाका अनुसार अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को कार्यक्रम अनुसार नोभेम्बर २०२४ मा सञ्चालन हुने आईसीसी १९ वर्ष मुनीको वुमन्स टी–२० वर्ल्ड कप एशिया क्वालिफाइयर प्रतियोगिताका लागि १९ वर्ष मुनीको राष्ट्रिय महिला क्रिकेट टोलीका तयारी बन्द प्रशिक्षणका लागि १८ खेलाडी छनौट गरिएको हो ।

बन्द प्रशिक्षण असोज ३० देखि भैरहवामा हुने प्रवक्ता लामाले जानकारी दिनुभयो । छनौट भएका खेलाडीमा मनिषा कुमारी उपाध्याय, एलिसा कुमारी यादव, आश्मा पुलामी मगर, कुसुम गोदार,सना प्रविन, पुजा महतो, सावित्री धामी, कृश्मा गुरुङ र ज्योत्स्निका मरासिनी रहेका छन् ।

छनोट भएका अन्य खेलाडीमा स्नेहा महरा, सोनि पाख्रीन, भवानी कामती, सिमान केसी, रिया शर्मा, रचना चौधरी, तृष्णा विक, किरण कुमारी कुँवर र रन्जु श्रेष्ठ रहेका छन् ।