अमेरिकामा राष्ट्रपति पदका उम्मेदवार ह्यारिसद्धारा आफ्नो स्वास्थ्यसम्बन्धी विवरण सार्वजनिक

काठमाण्डौ । अमेरिकामा राष्ट्रपति पदका लागि डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले आफ्नो स्वास्थ्यसम्बन्धी विवरण सार्वजनिक गर्नुभएको छ । उहाँले आफ्नो स्वास्थ्य ठीक रहेको र राष्ट्रपति पदका लागि उपयुक्त रहेको बताउनुभएको बीबीसीले जनाएको छ ।

ह्यारिसले आफ्नो स्वास्थ्यसम्बन्धी विवरण सार्वजनिक गरेपछि निवर्तमान राष्ट्रपति तथा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई स्वास्थ्यसम्बन्धी विवरण सार्वजनिक गर्न अनुरोध गर्नुभएको छ ।

उपराष्ट्रपतिसमेत रहेकी ह्यारिसले आफ्ना रिपब्लिकन प्रतिस्पर्धी अर्थात् ट्रम्प राष्ट्रपति हुनका लागि स्वास्थ्यको हिसाबले उपयुक्त रहे वा नरहेको कुरा अमेरिकी नागरिकलाई थाहा दिन नचाहेको आरोप लगाउनुभएको छ । अहिले ७८ वर्षका ट्रम्पको उमेर र मानसिक स्वास्थ्यलाई लिएर विपक्षी डेमोक्र्याटहरूले निशाना बनाउँदै आएका छन् ।

चुनावी प्रतिस्पर्धाबाट बाहिरिनुअघि राष्ट्रपति जो बाइडेनबारे रिपब्लिकनहरूले पनि त्यस्तै प्रकृतिको आलोचना गर्दै आएका थिए । अमेरिकामा अर्को महिना राष्ट्रपति पदको लागि चुनाव हुँदैछ ।