ब्राजिलमा डढेलोका कारण दुई करोड २० लाख हेक्टर वन क्षेत्र प्रभावित

काठमाण्डौ । ब्राजिलको वन क्षेत्र डढेलोबाट प्रभावित भएको र यस वर्षको पहिलो नौ महिनामा दुई करोड २३ लाख ८० हजार हेक्टर जमिन नष्ट भएको अनुगमन सञ्जाल म्यापबायोमासले शुक्रबार सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनमा उल्लेख छ । डढेलोका कारण सेप्टेम्बर महिनामा मात्रै एक करोड छ लाख ५० हजार हेक्टर जमिन जलेर नष्ट भएको प्रतिवेदनमा उल्लेख छ ।

दक्षिण अमेरिकी देश बाजिलका उत्तरी क्षेत्रका माटो ग्रोसो, पारा र टोकान्टिन डढेलोका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र मानिन्छन् । ब्राजिलको अमेजन क्षेत्र डढेलोबाट सबैभन्दा बढी प्रभावित भएको छ र यहाँको एक करोड १३ लाख हेक्टर जमिन डढेलोले जलेको प्रतिवेदनमा उल्लेख छ ।