काभा २० वर्षमुनिको पुरुष भलिबल च्याम्पियनशिप : नेपालले तुर्कमेनिस्तानलाई हरायो

काठमाण्डौै । काभा २० वर्षमुनिको पुरुष भलिबल च्याम्पियनशिपमा नेपालले तुर्कमेनिस्तानलाई हराएको छ । श्रीलङ्काको कोलम्बोमा भएको खेलमा नेपालले तुर्कमेनिस्तानलाई ३–० को सोझो सेटमा हराएको हो । यो खेल नेपालको लिग चरणको पाँचौ तथा अन्तिम खेल हो ।

यो प्रतियोगितामा नेपाल उज्वेकिस्तान र किर्गिस्तानसँग पराजित भएको छ भने माल्दिभ्स, श्रीलङ्का र तुर्कमेनिस्तानलाई हराएको छ । आजको नतिजाले नेपाल फाइनलमा पुग्ने सम्भावना कायमै छ ।

प्रतियोगितामा नेपालसहित आयोजक श्रीलङ्का, माल्दिभ्स, किर्गिस्तान, उज्वेकिस्तान र तुर्कमेनिस्तान गरी ६ वटा क्षेत्रीय टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको शीर्ष दुई टोलीबीच भोलि शनिवार फाइनल खेल हुनेछ ।