काभा २० वर्षमुनिको पुरुष भलिबल च्याम्पियनशिप : नेपालले आज तुर्कमेनिस्तानसँग खेल्दै

काठमाण्डौ । काभा २० वर्षमुनिको पुरुष भलिबल च्याम्पियनशिपमा नेपालले लिग चरणको आफ्नो पाँचौ तथा अन्तिम खेलमा आज तुर्कमेनिस्तानसँग खेल्दैछ । श्रीलङ्कामा भइरहेको प्रतियोगितामा नेपाल र तुर्कमेनिस्तानको खेल नेपाली समयअनुसार आज दिउँसो सवा २ बजे शुरु हुनेछ । हिजो भएको खेलमा नेपाल किर्गिस्तानसँग ३–२ को सेटले पराजित भयो ।

यसअघि नेपालले पहिलो खेलमा श्रीलङ्का र तेश्रो खेलमा माल्दिभ्सलाई हराएको थियो । दोस्रो खेलमा उज्वेकिस्तानसँग पराजित भएको थियो । कोलम्बोको सुगाथादासा रङ्गशालामा आजै श्रीलङ्का र उज्बेकिस्तान तथा किर्गिस्तान र माल्दिभ्स पनि खेल्दैछन् ।

प्रतियोगितामा नेपालसहित आयोजक श्रीलङ्का, माल्दिभ्स, किर्गिस्तान, उज्वेकिस्तान र तुर्कमेनिस्तान गरी छ वटा क्षेत्रीय टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको शीर्ष दुई टोलीबीच भोलि शनिवार फाइनल खेल हुनेछ ।