काभा २० वर्षमुनिको पुरुष भलिबल च्याम्पियनशिप : नेपाल किर्गिस्तानसँग अन्तिम सेटमा पराजित

काठमाण्डौ ।  काभा २० वर्षमुनिको पुरुष भलिबल च्याम्पियनशिपमा नेपाल किर्गिस्तानसँग पराजित भएको छ । श्रीलङ्काको कोलम्बोमा रहेको सुगाथादासा रङ्गशालामा हिजो बेलुका भएको आफ्नो चौथो खेलमा नेपाल किर्गिस्तानसँग २–३ को सेटमा पराजित भयो ।

किर्गिस्तानले पहिलो सेट २५–२३ र दोश्रो सेट २५–२१ ले जितेको थियो । तेश्रो र चौथो सेटमा नेपालले पुनरागमन गर्दै २५–२१ र २५–२२ ले जित्यो । खेलको पाँचौ तथा अन्तिम सेटमा किर्गिस्तानले १९–१७ ले जित्यो ।

यसअघि भएको आफ्नो पहिलो खेलमा श्रीलङ्का र तेश्रो खेलमा माल्दिभ्सलाई पराजित गरेको थियो । दोस्रो खेलमा उज्वेकिस्तानसँग पराजित भएको थियो । अब नेपालले पाँचौं तथा लिग चरणको अन्तिम खेलमा आज तुर्कमेनिस्तानसँग खेल्नेछ ।

नेपालसहित आयोजक श्रीलङ्का, माल्दिभ्स, किर्गिस्तान, उज्वेकिस्तान र तुर्कमेनिस्तान गरी ६ वटा क्षेत्रीय टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको शीर्ष दुईमा रहने टोलीबीच भोलि शनिवार फाइनल हुनेछ ।