काठमाण्डौको टुँडीखेलमा सेनाको हर्षबढाइँ कार्यक्रम

काठमाण्डौ – दशैँघरमा फूलपाती भित्र्याइएपछि नेपाली सेनाले टुँडिखेलमा हर्षबढाइँ गरेको छ । सेनाको हर्षबढाइँ अवलोकन गर्न राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, र विशिष्ट व्यक्तिहरु सहभागि हुनुभएको छ । हर्षबढाइँको अवसरमा सेनाले विभिन्न कवाज, कौशल र साङ्गीतिक कार्यक्रम पनि गरेको छ ।